सुशासन कायम गर्ने प्रदेश ३ का सांसदहरुको प्रतिबद्धता

छहारी संवाददाता
भदौ १२, २०७६

प्रदेश तीनका सांसदहरुले सुशासन र जवाफदेहितालाई संसदमा प्रभावकारी ढंगले लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशको अस्थायी राजधानी हेटौंडामा भएको छलफलमा लेखा समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठले अहिलेसम्म २० वटा बैठक बसेको र ७ वटा उपसमिति गठन गरि सरकारलाई सुशासन कायम गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँले लेखा समितिले प्रभावकारी काम गर्न नसकेको स्वीकार्दै प्रदेशको अभ्यास नयाँ भएकाले समस्या भएको बताउनुभयो ।

त्यस्तै अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले आफ्नो समितिले नीतिगत निर्देशन दिने गरेको बताउनुभयो ।

स्थलगत अवलोकनबाट पर्याप्त बजेट खर्च नभएको, समन्वय अभाव भएको, उपभोक्ताले दुःख पाएको, विकासमा भन्दा पनि अन्य व्यबस्थापनमा कमजोरी भएको देखिएको नेपाललको भनाइ छ ।

प्रदेश नं ३ लाई भ्रष्टाचार मुक्त बनाउनका लागि आफूहरुले पहल गरिरहेको उहाँको भनाइ छ ।

बजेट निर्माण र योजना तर्जुमा प्रक्रियामा सरकारलाई निर्देशन दिएको र सचेत गराएको नेपालले बताउनुभयो ।

सांसद, रमेश पौड्यालले संसदीय बैठकहरु खुल्ला भनिएको भएपनि सञ्चारकर्मी कम आएको बताउनुभयो । उहाँले सुशासनको अभ्यास आफैंबाट शुरु गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसदहरु नीमा लामा, जगत सिम्खडा र बसुन्धरा हुमागाईले अब प्रदेश संसदलाई जवाफदेही बनाउन आफूहरुको पहल रहने प्रतिबद्धता जनाउनुभयो ।

सांसद रीता माझीले समितिहरुले काम गरिरहेको तर पर्याप्त नभएको बताउनुभयो । लेखा समितिका सदस्य समेत रहनुभएका माझीका अनुसार अर्थ, विनियोजन र विकासका विषयमा प्रसस्त छलफल हुन सकेको छैन । सिआईएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*