क्रसर चलाउन पाउ भन्दै व्यवसायीले बुझाए ज्ञापन पत्र

छहारी संवाददाता
भदौ १२, २०७६

हेटौंडा उपमहानगरपालिका भित्रका क्रसर तथा बालुवा उद्योगीहरुले उद्योग सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका मा ज्ञापनपत्र बुझाएका छन् ।

क्रसर तथा बालुवा उद्योगीहरुले उपमहानगरपालिका मार्फत प्रदेश तीनकोे आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला समन्वय समति मकवानपुर र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उद्योगीहरुले ७ बुदेँ ज्ञापनपत्र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई पेश गरेका हुन् ।

ज्ञापनपत्रमा प्रदेश सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । प्रदेश सरकारले प्रदेश तीन भित्र रहेका सबै क्रसर उद्योगहरु बन्द गराउन नसकेको र मकवानपुर जिल्लाका मात्रै क्रसर उद्योगहरु बन्द गराएको व्यवसायीहरुले आरोप समेत लगाएका छन् ।

प्रदेशका अन्य जिल्लामा निर्वाद रुपमा क्रसर उद्योगहरु सञ्चालनमा छन् ।

१३ वटै जिल्ला बरावरी हुन प्रदेश सरकारले मकवानपुर जिल्लालाई मात्र किन अन्याय गर्याे भन्दै ज्ञापनपत्रमा उल्लेख गरेका छन । उपमहानगरपालिका क्षेत्रमा रहेका २ दर्जन क्रसर उद्योगले जिल्लाका १ हजार भन्दा बढीलाई रोजगार दिएको क्रसर उद्योगलाई राज्यले उपेक्षा गरेको व्यवसायीहरुको गुनासो रहेको छ ।

प्रदेश सरकार १५ करोड र केन्द्र सरकारलाई २० करोड भन्दा बढी रकम राजश्व बुझाउने क्रसर उद्योगहरुलाई सरकारले ध्यान नदिएको ज्ञापनपत्रमा उल्लेख छ ।

श्रावण महिनामा सरकारले बनाएको नियम मान्दै उद्योग बन्द गरेकाे र भाद्र महिनामा खोलामा पस्न नपाएपनि उद्योगमा रहेको स्टक भएको ग्राभल प्रशोधन गरी उद्योग सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*