विगतका गल्ति सच्याएर अघि बढ्नुपर्छ: काङ्ग्रेस केन्द्रीय सदस्य डा. महत

नेपालि काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्रि डा.रामशरण महतले नेपाली काङ्ग्रेसले विगतमा गरेकाे गल्तिलाई सच्चयाएर अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।
हरेकले गल्ति गर्छन तर सच्याउन तर्फ ध्यान दिएर अघि बढ्ने हाे भने काङ्ग्रेसले नेतृत्व लिन सक्ने उहाँकाे जिकिर थियाे ।
अाज नेपाल तरूण दल मकवानपुरकाे बृहत् सांस्कृतिक तथा दरखाने कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि डा.महतले कम्युनिष्ट पार्टि भनेकाे एकदलिय पार्टि हाे जुन संसारबाट लुप्त भईसकेकाे र अब पालाे नेपालि काङ्ग्रेसको हाे भन्नुभयाे ।
नेपाली महिलाहरूकाे महान चाड तिजकाे शुभकामना दिदै महतले महिलाहरूकाे क्षमता अभिबृद्दि गर्नुपर्ने र नेतृत्व विकासमा जाेड दिनुपर्ने बताउनु भयाे ।
तरूण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठककाे सभाध्यक्षतामा सञ्चालन भइरहेकाे कार्यक्रममा विशिष्ट अतिथिद्वय केन्द्रीय सदस्य महालक्ष्मि डिना उपाध्याय, तरूण दलका नेपालका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, तरूण दलका केन्द्रीय काेषाध्यक्ष बिद्दान गुरूङ, कार्यवाहक अध्यक्ष विष्णु लामिछाने, रघुरमण न्याैपाने लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा राप्रपा पार्टि परित्याग गरि २५ जनाले नेपाली काङ्ग्रेसमा प्रबेश गरेका थिए ।







