काङ्ग्रेसको अाज केन्द्रीय वैठक बस्दै । नेविसंघ लगायत भातृसंगठन बारे छलफल हुने

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृसंस्थाबारे छलफल हुने
अाज २ वजे नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने भएकाे छ ।
कांग्रेसका १३ भातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको र ती सबै निष्कृय छन् ।
साेहि कुरालाई मध्यनजर गर्दै महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार अाज भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो ।
सुसुप्त भएका नेविसंघलगायतका भातृसंस्थालाई पुनर्जीवन दिने तयारीका साथ काङ्ग्रेसले बैठक राखेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारि गराउनुभएकाे छ ।
कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन् ।
सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । सभापति देउवा केन्द्रीय समितिको बैठकलगत्तै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको छ ।







