विकल्पकाे रूपमा पशुपतिमा सुरूङ मार्ग

छहारी संवाददाता
भदौ ११, २०७६

नेपालकाे प्रसिद्द धार्मिक स्थल तथा विश्व सम्पदा सूचीमा सूचीकृत प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पशुपति क्षेत्रमा सुरुङ मार्ग निर्माण हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले तिलगंगा–ताम्रागंगा सडक बन्द गराएपछि सरकारले विकल्पमा सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारेको हो ।

१३ वर्षअघिबाट सञ्चालनमा आएको सडक विकल्पविना नै बन्द गराएको भन्दै जनप्रतिनिधिहरुले कोषसँग असन्तुष्टि राख्दै आएका छन् । कोषले भने विश्व सम्पदा सूचीमा कायमै राख्नका लागि सडक बन्द गराउने निर्णय लिएको बताएको छ ।

सडक बन्द हुँदा कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र शंखरापुरा नगरपालिकाको साथै सिन्धुपाल्चोक जिल्लामा जाने आउने यात्रुलाई समेत असर परेको छ । –नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*