प्रतिफल आउने र जनताले फाइदा पाउने योजना लिएर आउनुस्ः मुख्यमन्त्री पौडेल
प्रदेश तीनका मुख्य मन्त्री डोरमणी पौडेलले संघियतालाई संस्थागत गरि स्थायीत्व दिने प्रमुख दायित्व स्थानीय सरकारको रहेको बताउनु भएको छ ।
जिल्ला समन्वय समिति धादिङको तेस्रो जिल्ला सभालाइ सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले लामो आन्दोलन र अथक प्रयास पछि देशमा संघियता आएको भएपनि पुरानै ढर्रामा चलिरहेकाले गर्दा संघियतालाइ स्थायीत्व दिन स्थानीय सरकारले बलियो हुनुपर्ने बताउनुयो ।
मुख्यमन्त्री पौडेलले स्थानीय सरकारले जनमुखी काम गर्न नसकिरहेको तर्फ सचेत गराउनुभयो ।
‘एक पालिका एक उत्पादन’लाइ विशेष योजना बनाएर अघि बढे प्रदेश सरकारले साथ दिने उहाँले बताउनुभयो । प्रदेश सरकार झोलामा पैसा बोकेर बसिरहेकाले प्रतिफल आउने र जनताले फाइदा पाउने योजनाहरु लिएर आउन स्थानीय सरकारलेलाइ मुख्यमन्त्री पौडेलेले आग्रह गर्नुभयो ।







