मकवानपुरका ७७ वटा उद्योग, सहकारी तथा संघसंस्था सामाजिक सुरक्षा कोषमा सुचिकृत

छहारी संवाददाता
भदौ १०, २०७६

सम्झना घिमिरे/ मकवानपुरका ७७ वटा उद्योग तथा सहकारी लगायत विभिन्न संघसंस्थाहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका छन ।

सुचिकृत हुने मध्ये सबै भन्दा बढि हेटौडा औद्योगिक क्षेत्रका लगायत जिल्लाका अन्य क्षेत्रका उद्योगहरू रहेका छन । शिवम सिमेन्ट, एशियन पेन्टस, गोर्खा लाहारि प्रा लि लगायतका ४३ वटा उद्योगहरू सुचिकृत भएका छन ।

त्यसैगरि जिल्लाका सहकारीहरू समेत उल्लेखनिय रूपमा सुचिकृत भएका छन ।

सहकारीहरूमा मकवानपुर जिल्ला उत्पादक सहकारी संघ, संजिवनि बचत तथा ऋण सहकारी संस्था, नारायणी बहुउद्देशिय सहकारी संस्था तगायत जिल्लाका १९ वटा सहकारि संस्थाहरू समेत सुचिकृत भएका छन । त्यस्तै हेटौडाका १० वटा व्यापारिक निकाय, २ वटा होटल, र ३ वटा गैरसरकारि संस्था सुचिकृत भएका छन ।

उद्योगहरूमा कार्यरत कामदारहरूका लागि कोषको सुविधा प्रदान गर्न औद्योगिक क्षेत्रका उद्योगहरूलाइ सुचिकृत गर्न आवश्यक पहल भईरहेको हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र प्रसाद कँडेलले बताउनु भएको छ ।

यसका लागि रोजगारदाता उद्योगीहरूलाई सहजिकरण गर्दै कोषमा सुचिकृत गर्ने कँडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*