पाडापाडी हुर्काउन १० लाख रूपैयाँ अनुदानको व्यवस्था

सम्झना घिमिरे/मकवानपुरमा राँगा तथा भैंसिको मासुको उपभोगमा बृद्दि आएसँगै प्रदेश तिनको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाडापाडी उत्पादनमा जोड दिन अनुदानको कार्यक्रम ल्याएको छ।
पाडापाडीको मासुको उपभोग बढेपछि भारत तथा चिनबाट यसको आयातमा समेत वृद्दि भईरहेकाले मकवानपुरमा पाडापाडी हुर्काउने कामका लागि १० लाख रूपैयाँ अनुदान रकम छुट्टयाइएको हो ।
अनुदानको रकम गोठ निर्माणका लागि प्रदान गरिने छ । बिदेशबाट भैंसी तथा राँगाको आयात नघटेपछि स्वदेशमै पाडापाडीको सँख्या वृद्धि गर्ने उद्देश्यले प्रदेश मन्त्रालयले अनुदानको कार्यक्रम ल्याएको निमित्त सचिव निर्मल गदालले बताउनुभयो ।
मन्त्रालयले चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा ३ वटा कार्यक्रमका लागि ३० लाख रुपैयाँ बिनीयोजन गरेको निमित्त सचिव गदालले जानकारी दिनुभयो ।
मन्त्रालयको तथ्याङक अनुसार नेपालमा पालिएका ५१ लाख ६८ हजार ८ सय राँगा भैंसी मध्ये १७ प्रतिशत प्रदेश तीनमा पालिने गरेको छ ।
नेपालका बार्षिक १ लाख ७५ हजार मेट्रिक टन राँगा तथा भैंंसीको मासु उत्पादन हुने कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको तथ्याङ्क छ ।
नेपालको उत्पादनले नपुगी बार्षिक सोही बराबर भारत तथा चिनबाट आयातित राँगा भैसीबाट उत्पादित मासु बिक्रि बितरण हुने गरेकाले नेपालमै पाडापाडीको सँख्यामा वृद्धि गर्ने लक्ष्य रहेको गदालले स्पष्ट पार्नुभयो ।







