सालिकराम आत्महत्या प्रकरणः रवि लामिछानेसंगै तीनै जना धरौटीमा रिहा

छहारी संवाददाता
भदौ १०, २०७६

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् ।

लामिछानेलाई ५ लाख धरौटीमा, युवराज कँडेललाई ३ लाख धरौटीमा र रुकु भन्ने अस्मिता कार्कीलाई साधरण तारेखमा रिह गरिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो ।

प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट ८ जना अधिवक्ता तथा अस्मिता कार्कीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै वादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

उनिहरुले विदेश जानु परे अदालतको पूर्व स्विकृति लिनुपर्नेछ । पूर्व सहकर्मी शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा उनिहरुलाई पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*