जिप्रका मकवानपुरद्वारा ६० लाख रुपैया भन्दा बढीको लागुऔषध नष्ट (फोटो फिचर)

छहारी संवाददाता
भदौ ९, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेको लागुऔषध आज जलाएर नष्ट गरेको छ ।

प्रहरीले आज मकवानपुरको भिमफेदी गाउँपालिका १ सानटार र हेटौँडा १ को संगम स्थल केसडी खोलाको किनारमा लागुऔषध जलाएर नष्ट गरेको हो ।

पत्रकारको रोहबरमा लागुऔषध गाँजा ४ सय १४ किलो ७६२ ग्राम, कोरेक्स १०० बोतल, नाईट्रोभेट ६ सय ५५ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४१ एम्पुल, लागुऔषध ट्रामा रेड, क्याफ डी र डिकोलिक ११ र ११ ट्याब्लेट जलाएर नष्ट गरेको हो ।

बरामद गरिएको लागुऔषध अदालतबाट अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा भए पछि जलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

नष्ट गरिएको लागुऔषध गाँजाको मात्र मुल्य प्रतिकिलो १५ हजार पर्ने र ६० लाख रुपैया भन्दा बढीको गाँजासंगै अन्य लागुऔषध पनि नष्ट गरिएको एसपी सिंहले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि अमित कुमार कर्ण, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंह, प्रहरी निरीक्षक पवन कुमार झा लगायत सरोकारवालाहरुको उपस्थितिमा लागुऔषध जलाएर नष्ट गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*