प्रदेश तीनको प्रदेश सभा बैठकमा ‘प्रदेश लोक सेवा आयोगको गठन सम्वन्धी विधेयक पेश

छहारी संवाददाता
भदौ ९, २०७६

प्रदेश तीनको आइतबार बसेको प्रदेश सभा बैठकमा ‘प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य, अधिकार र कार्यबिधिका सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक पेश भएको छ ।

दुई महिनापछि आइतबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले यो विधेयक पेश गर्नु भएको हो ।

मुख्यमन्त्री पौडेलले विधेयक पेस गरेसँगै प्रदेशस्तरमा पनि लोकसेवा आयोगको गठन गरेर काम गर्ने बाटो खुल्ने भएको छ । अझै पनि प्रदेशका स्थानीय तहमा कर्मचारी अभाव भइरहेको समयमा प्रदेश लोकसेवा आयोगको गठनपछी कर्मचारी भर्ना गर्ने बाटो खुल्नेछ ।

मुख्यमन्त्री पौडेलले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि पेश गर्नु भएको छ ।

यसअघि पास गरिएको ऐन साउन २१ गतेबाट कार्यान्वयनमा ल्याउने भने पनि प्रदेश सरकारले कार्यान्वयनमा ल्याउन नसकेपछि फेरि संशोधन गरेर संसदमा पेश गरिएको हो ।  

प्रदेश सभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले ‘प्रदेश सभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुभएको छ । यस ऐनमा राजनीतिक नियुक्ति गरिएका कर्मचारीलाई पनि अरु कर्मचारी सरह अधिकार दिन खोजिएको छ ।

राजनीतिक नियुक्ति गरिएका कर्मचारीलाई पनि आर्थिक अधिकारसमेत दिनेगरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ । आजको बैठकमा ‘सार्वजनिक नीजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि पेस गरिएको छ ।

यसैगरी नियमावली संशोधन मस्यौदा समितिका संयोजक रामेश्वर फुयाँलले  ‘प्रदेश सभा नियमावली २०७४ लाई संशोधन गर्न बनेको प्रदेश सभा नियमावली २०७६ को मस्यौदा पेस गर्नुभएको छ ।

यसैगरी आजको बैठकमा शिक्षा, स्वास्थ्य, कृषिसमितिका सभापति घनश्याम दाहालले ‘मदनकुमार मण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको छ ।

यसैगरी आजको संसद बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले ‘प्रदेश सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको छ ।

गएको असार १२ मा बर्खे अधिवेशनमा चालु आर्थिक वर्ष ०७६।७७ को वार्षिक बजेट पारित गर्दै स्थगित प्रदेशसभा बैठक आजबाट सुरु भएको हो । हरि हुमागाईको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*