सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या

उद्योगी नेताहरूको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको छ ।
आज ललितपुरमा भएको एउटा कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध नभएको जानकारी दिनुभयो ।
रेजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी बाहनामात्रै भएको भन्दै उहाँले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले कानुन कार्यान्वयनमा समस्या भएको दावी गर्नुभयो ।
लिखित प्रतिबद्धता जनाएर पनि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा नगएका नेताहरूका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्री बिष्टको भनाइ छ ।
मन्त्री बिष्टले सरकारले औद्योगिक क्षेत्रहरूमा कर्मचारी नै परिचालन गरी सबैको सामाजिक सुरक्षा योजनामा सूचीकरण गर्ने तयारी भइरहेको बताउनुभयो ।







