महिलालाई श्रम र सिपको आधारमा बिना धितो ऋण दिने व्यवस्था गर्नु पर्छः सांसद मुनु सिग्देल

प्रदेश तीनकी सांसद मुनु सिग्देलले अझै पनि सम्पतिमा महिलाको अधिकार न्यून रहेको बताउनु भएको छ ।
श्रृजनसिल महिला उद्यमी मेला २०७६ को समापन कार्यक्रममा बोल्दै उहाँले आर्थिक रूपमा पछाडि परेका महिलालाई श्रम र सिपको आधारमा बैंकले बिना धितो ऋण दिने व्यवस्था सरकारी निकायबाटै निर्णय हुनु पर्ने धारणा राख्नुभयो ।
सांसद सिग्देलले बैङ्क कमाउने धन्दाको लागि मात्र स्थापित नभएको भन्दै व्यवहारिक भएर सोच्न पनि आग्रह गर्नुभयो ।
प्रदेश सरकार महिला उद्यमीहरुको हक हित र अधिकारको पक्षमा रहेको भन्दै उहाँले विश्वबजारमा प्रतिस्पर्धा गर्न महिला उद्यामीहरूलाई सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसद सिग्देलले अन्तराष्ट्रिय बजारमा महिलाले आफ्नो व्राण्ड खडा गर्न सकुन भन्ने शुभकामना समेत दिनुभयो ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश तीनका सांसद जुनेलि श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्ण अग्रवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।
महिला उद्यमी व्यवसायी संघ मकवानपुरकी अध्यक्ष शुसिला पाण्डे मानन्धरको अध्यक्षता मेला समापन भएको भएको हो ।







