नेपाली वस्तुको प्रयोगमा विशेष जोड दिने कानुन निर्माणको तयारीमा छौंः मुख्यमन्त्री पौडेल

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले उत्पादलाई जोड दिँदै यसको विकास गर्न सके मात्र देशमा समृद्धि आउने बताउनु भएको छ ।
श्रृजनसिल महिला उद्यमी मेला २०७६ को समापन समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार नेपाली वस्तुको प्रयोगमा विशेष जोड दिने खालको कानुन निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो ।
समृद्धि त्यसै नआउने भन्दै उहाँले सबैले आ–आफ्नो क्षेत्रबाट काम गरेर देखाउनु पर्ने बताउनुभयो । उहाँले सरकारले महिला उद्यमीहरूलाइ बैंकबाट सहुलियत ऋण दिने व्यवस्था गरेको भएपनि यसको प्रक्रिया झन्झटिलो हुँदा महिलालाई आत्म निर्भर बन्न समस्या भइरहेको स्विकार्नुभयो ।
प्रदेश तीन सरकारले प्रत्येक गाउँपालिका, प्रत्येक नगरपालिकामा उद्योग ग्रामको स्थापना गर्ने घोषण गरिसकेको भन्दै मुख्यमन्त्री पौडेलले उक्त उद्योग ग्राममा सबैखालका उद्योगीहरुले आफना उत्पादन गर्न सक्ने बताउनुभयो ।
साथै उहाँले उत्पादित बस्तुको बजारीकरणको व्यवस्था सरकारले गर्ने भन्दै त्यसका लागि स्थानको खोजी भइरहेको बताउनुभयो ।
सरकारले बजारीकरणको लागि हरेक जिल्लामा ठुला खालका पसल खोल्ने योजना बनाएको भन्दै मुख्यमन्त्री पौडेलले त्यसमा लाग्ने खर्च सरकारले बेहोर्ने बताउनुभयो ।
महिला उद्यमीहरुको हरेक काममा हरेक पुरूषको सहयोग रहनु पर्ने भन्दै उहाँले आफुँले हरेक काममा महिला दिदीबहिनीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश तीनका सांसदहरु मुनु सिग्देल, जुनेलि श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्ण अग्रवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।
महिला उद्यमी व्यवसायी संघ मकवानपुरकी अध्यक्ष शुसिला पाण्डे मानन्धरको अध्यक्षता मेला समापन भएको भएको हो ।







