तीन बर्ष भित्र ३/४ लाख सक्रिय सदस्य बनाउने : राप्रपा जिल्ला अध्यक्ष अधिकािरि

छहारी संवाददाता
भदौ ८, २०७६

राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष मधु अधिकारिले अबकाे तीन बर्ष भित्र ३-४ लाख सक्रिय सदस्य सहितकाे संगठन विस्तार गर्ने बताउनुभएकाे छ ।
अाफ्नाे पार्टि विकल्पकाे रूपमा रहेकाे र २०७६ साललाई संगठन बर्षकाे रूपमा मनाईरहेकाे हुँदा अबकाे तीन बर्षमा नेपाली जनताले राप्रपालाई नै जिताउछन भन्ने अधिकारिकाे दृढता व्यक्त गर्नुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले याेजनावद्द रूपमा राप्रपाकाे विचार, नेतृत्व र सिद्दान्तलाई हराउने एजेण्डा बाेकेकाे बताउदै अधिकारी भन्नुहुन्छ – न्याय धर्म र संस्कृतिका लागि नेपाली जनताले राप्रपा लाई भारि मतले जिताउँछ र नेतृत्व तहमा पुर्याउँछ ।
अाज भएकाे राप्रपा पार्टिकाे अगुवा कार्यकर्ता भेलामा बाेल्नुहुँदै अधिकारिले अात्मअालाेचना सहित अाफ्नाे पार्टि अघि बढिसकेकाे कुरा जानकारि गराउनु भयाे ।
जनताले परिवर्तन खाेजिरहेकाे अवस्थामा अाफ्नाे पार्टिलाई विकल्पकाे रूपमा उभ्याउने धारणा व्यक्त गर्दै अागामि अधिकारिले भदाै २७/२८ मा राप्रपाकाे प्रशिक्षण हुने जानकारि गराउनुभयाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*