२६ वटा टाेलविकास संस्थाकाे तिज विशेष कार्यक्रम (फोटो फिचर)

छहारी संवाददाता
भदौ ८, २०७६

टाेल विकास संस्था वडा समन्वय समिति तथा सम्पुर्ण टाेल विकास संस्थाकाे अायाेजनामा अाज वडा नं ४ मा तिज विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।

३ नं प्रदेश सांसद तथा नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल तथा वडा नं ४ का वडा सदस्य तथा टाेल विकास संस्था वडा समन्वय समितका अध्यक्ष राजेन्द्र बास्ताेलाकाे अध्यक्षतामा तिज विशेष कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सिग्देलले तिजका महिला छाेईनस्कनु हुन्छन भनेर अाराेप लाग्ने गरेकाे प्रति खेद प्रकट गर्नुभयाे ।

उहाँले २६ टाेल विकासका दिदिबहिनिसंग भेट्न पाउँदाकाे खुसि व्यक्त गर्नुहुँदै पहिला र अहिले गाउने तिजमा फरकपन अाएकाे बताउनुभयाे । पहिलाका गितमा स्वतन्त्रताको कुरा बढि हुन्थ्याे तर अाज त्यस्ताे परिस्थिति नरहेकाे समेत बताउनुभयाे ।

कार्यक्रममा ४ नं वडा अध्यक्ष नवीन सिग्देल, बद्रि लम्साल लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*