सरकारले चेपाङ जातिलाई गरेकाे लगानि जस्ताे नहाेस-मुनु सिग्देल

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष तथा प्रदेश तीन सांसद मुनु सिग्देलले नारी सिप सिर्जना केन्द्रले समाजमा गर्ने जति पनि लगानी सरकारले चेपाङ जातिलाई गरेको लगानि जस्तो नहोस भन्नुभएको छ ।
राज्यले चेपाङ जातिलाई गरेको लगानिले अहिले सम्ममा हरेक चेपाङ जातिको हेटौंडामा महल ठड्याउन सकिने थियो । तर उनिहरूमा गरिएको लगानि गुणस्तरिय नभएको धारणा व्यक्त गर्दै उहाँ भन्नू हुन्छ -'जति पनि लगानि गरियो चेपाङ जातिलाइ ती मध्ये केहिले मात्र आफ्नो विकास गरे अनि गाउँ छोडे अन्य भने जहाँको तहि उस्तै हालतमा छन ।'
नारी सीप सिर्जना केन्द्र नेपाल मकवानपुरको २३ औं साधारणसभा, १० औं अधिवेशन तथा सामाजिक परिक्षण कार्यक्रममा बोल्दै सिग्देलले अब चेपाङ जातिलाई गरिने लगानी नेतृत्व विकास, क्षमता विकास, गुणस्तरयुक्त परिवर्तन ल्याउन तर्फ गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सिग्देलले सरकारलाई सहयोग गर्ने महत्वपुर्ण अंग नै गैरसरकारी संघसंस्था भएको बताउनुभयो । नारी सीप सिर्जना केन्द्रले धेरै व्यक्तित्वहरूलाई राजनितिक नेतृत्वदायी भुमिका निर्वाह गर्ने तहसम्म पुर्याएको बताउदै उहाँले संघसंस्थाहरू अब परम्परागत प्रकृयालाई छोडेर नयाँ शैली अपनाउँदै अघि बड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रम नारी सीप सिर्जना केन्द्र नेपालका अध्यक्ष उमाकुमारि सुवेदिको सभाध्यक्ष तथा प्रदेश सांसद जुनेलि श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, माईति नेपालको जिल्ला संयोजक माया लामा लगायतको उपस्थिति रहेको थियो ।







