प्रदेश तीनको प्रदेश सभा आइतबार

प्रदेश तीनको प्रदेश सभा बैठक भोली बस्दै छ ।
गत असार १२ मा वर्षे अधिवेशनमा चालु आर्थिक वर्ष ०७६।७७ को वार्षिक बजेट पारित गर्दै स्थगित भएको प्रदेशसभा बैठक भदौ ८ गते अर्थात भोलीलाई आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरेले जानकारी दिनुभयो ।
सभामा विभिन्न समितिमा रहेका पाँचवटा विधेयक समितिहरूले विभिन्न चरणमा छलफल गरेर टुंग्याइसकेका छन् । ती बिधेयकहरु प्रदेश सभाले पास गर्ने योजना रहेको छ । हालसम्म प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणको विषयले भने प्रवेश पाएको छैन ।
प्रदेशसभामा हालसम्म ४३ वटा विधेयक दर्ता भएका छन, जसमध्ये ३६ वटा पारित भएका र ३५ वटा प्रमाणीकरण भइसकेका छन् ।







