हेटौडामा निशुल्क कपडा बैंक खुल्ने क्रम जारी

नेपाल तरुण दलले हेटौँडाले चौकीटोलमा निःशुल्क कपडा बैंक संचालनमा ल्याएको छ ।
लटिनाथ निर्माण कम्पनी र भ्वाईस अफ ग्रुप चौकीटोलको सहयोगमा तरुण दलले बैंक संचालनमा ल्याएको हो ।
कपडा बैंकको नेपाली कांग्रेस प्रदेश तीन संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष इश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी लगायतको सहभागिता रहेको थियो ।
विपन्नताका कारण कपडा अभाव झेलिरहेकाहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले कपडा बैंक संचालन गरेको तरुण दलले जनाएको छ ।
कपडा बैंकमा सर्वसाधारणले आफ्नो तर्फबाट लगाउन मिल्ने अवस्थाका कपडा सहयोग गर्न सक्नेछन् भने आवश्यक पर्नेले निःशुल्क लैजान सक्नेछन् ।







