साफ यू –१५ फुटबलमा नेपालको पहिलो जित

छहारी संवाददाता
भदौ ७, २०७६

नेपालले भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

भारतको कल्याणी रंगशालामा cfh भएको खेलमा श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । नेपाललाई जित दिलाउन शशांक बोहोरा र अशिम राईले एक एक गोल गर्नुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४६ औं मिनेटमा शशांकले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपाललाई २–० को जित दिाउनुभयो ।

जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । श्रीलंकाको यो पहिलो हार हो ।

श्रीलंकाले २ खेलबाट ३ अंक नै जोडेको छ । श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३–२ गोल अन्तरले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*