सबै नागरिक उत्पादनसंग जोडिए समृद्धि संभव छः मुख्यमन्त्री पौडेल

प्रदेश तीनका मुख्यमन्त्री डोरणी पौडेलले सबै नागरिक उत्पादन संग जोडिए मात्र समृद्धी संभव रहेको बताउनु भएको छ ।
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन आज हेटौंडामा उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले नेपानीहरु श्रमसंग नजोडिएका कारण गरिव भएको जिकिर गर्नुभयो ।
अब आफुले आफैलाई परिवर्तन गर्नुपर्ने वेला आएको भन्दै उहाँले आफुसंग भएका श्रम र पुँजीलाई वजार सम्म ल्याउनुपर्ने धारणा राख्नुभयो ।
बस्तिपुर जेसीजको आयोजनामा भएको कार्यक्रममा प्रदेश तीनका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले समृद्धी र विकासको यात्रामा आफुहरु पनि संगसंगै रहेको वताउँनुभयो ।
विकासमा सहयोग गर्न प्रतिपक्षी दल पनि तयार रहेको भन्दै उहाँले निजी क्षेत्रलाई अवसर दिएर अगाडी बढ्नुपर्ने वताउनुभयो ।
नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्ष रमेश चन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, कार्यक्रम निर्देशक गणेश भेटवाल, वस्तिपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।







