अहिलेका महिला हरेक क्षेत्रमा अव्वलः प्रदेश प्रमुख कोइराला

तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले नेपाली महिलाले अहिले परिवारमा मात्र नभइ राष्ट्रिय स्तरमा समेत निर्णायक भुमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।
विगत ३० बर्ष देखि महिला तथा बालबालिकाको क्षेत्रमा अब्बल भुमिका निभाउनु भएकी प्रमुख कोइरालाले श्रृजनसिल उद्यमी मेला २०७६ को उद्घाटन गर्दै आर्थिक रूपमा सशक्त महिलाले परिवार, समाज तथा राष्ट्रमै महत्वपुर्ण भुमिका निभाइरहेको बताउनुभयो ।
उहाँले हस्तकलाले पनि महिलालाइ आत्मनिर्भर बनाउने भन्दै गाउँगाउँमा पनि यस्ता सीप लैजान सके ग्रामिण भेगमा हुने महिला तथा बालबालिका सम्वन्धि आपराधिक कृयाकलाप रोकिने धारणा राख्नुभयो।
हेटौडामा पहिलो पटक भएको महिला उद्यमी मेलामा ४५ वटा स्टल रहेका छन । तिज, दशै तथा तिहारलाई लक्षित गरि संचालन गरिएको मेला तीन दिनसम्म चल्नेछ ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशिला पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौडा उपमहानगरपालिकका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएतको उपस्थिती रहेको थियो ।







