सामाजिक सुरक्षा काेष मार्फत ३१ प्रतिशतकाे लाभ लिन सकिने – निर्देशक भट्टराई

छहारी संवाददाता
भदौ ६, २०७६

देशभरबाट हालसम्म करिव २ लाख श्रमिकहरू सामाजिक सुरक्षा काेषमा अावद्द रहेकाे सामाजिक सुरक्षा काेषकी निर्देशक रमा भट्टराईले बताउनुभएकाे छ ।

देशभरका ४५ सय राेजगारदाता र ४० हजार कामदारहरूले सामाजिक सुरक्षा काेषमा अावद्द भएका छन । उहाँले सामाजिक सुरक्षा काेषमा अाबद्द ४५ सय राेजगारदाताका माध्यमबाट करिव २ लाख श्रमिकहरू अावद्द रहेकाे अांकलन गर्नुभएकाे हाे ।

याेगदानमा अाधारित सामाजिक सुरक्षा याेजना अभिमुखिकरण एवं अन्तर्क्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भट्टराइले सामाजिक सुरक्षा याेजनामा याेगदानकाे चार भागमा बाँडफाँड गरेकाे जानकारि गराउनुभयाे ।

जसमा अाैषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा याेजनामा १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा याेजनामा १.४ प्रतिसत, अाश्रित परिवार सुरक्षा याेजनामा ०.२७ प्रतिशत र वृद्दावस्था सुरक्षा याेजनामा २८.३३ प्रतिशत रहेका छन ।

कुल ३१ प्रतिशत याेगदान रहेकाे सामाजिक सुरक्षाले जाेखिममा रहेका नागरिकलाई संरक्षण गर्नु राज्यकाे मूल दायित्व अनुरूप संविधानकाे धारा ३४ अनुरूप श्रमिकहरूकाे याेगदानमा अाधारित सामाजिक सुरक्षाकाे हक सुनिश्चित गर्ने उद्देश्यले यसकाे अबधारणा अाएकाे जानकारि गराउँदै हेटाैडाका सम्पुर्ण अाैधाेगिक प्रतिष्ठानहरूलाई काेषमा कार्तिक भित्र अावद्द हुन अनुराेध सहित प्रक्रिया समेत पेश गर्नुभएकाे थियाे ।

सामाजिक सुरक्षा काेष, उधाेग संघ मकवानपुर तथा हेटाैडा अाैधाेगिक क्षेत्र व्यवस्थापन कार्यालयकाे संयुक्त अायाेजनामा संचालित अभिमुखिकरण कार्यक्रममा उधाेग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, हेटाैडा अाैधाेगिक क्षेत्र व्यवस्थापक राजेन्द्र प्रसाद कंडेल, उधाेग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कटुवाल लगायत उधमि , व्यवसायिहरूकाे ठुलाे उपस्थिति रहेकाे थियाे । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*