लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध अभिमुखकिरण

लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध सरोकारवालाहरुलाई बैकल्पिक विकास र उपचार तथा पुर्नस्थापना केन्द्रहरुको सेवाको प्रभावकारीता सम्बन्धि अभिमुखकिरण कार्यक्रम आज हेटौडामा सम्पन्न भएको छ ।
गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा भएको कार्यक्रमको प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामा, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा लगायत सरोकारवाला निकायका प्रमुख, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।







