प्रधानमन्त्री ओली १० दिन सिङ्गापुरमा रहने

प्रधानमन्त्री केपी शर्मा ओली आज सिङ्गापुर जाँदै हुनुहुन्छ ।
उपचार गराएर फर्केको १० दिन पछि उहाँ आज फेरि सिङ्गापुर जान लाग्नुभएको हो । आज दिउँसो थाइ एयरको नियमित उडानबाट उहाँ सिङ्गापुर जानुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै जानकारी उहाँको नीजि चिकित्सकबाट दिइएको छैन ।
यो पटक करिब १० दिनजति उहाँ सिङ्गापुर रहनुहुने जनाइएको छ ।







