विज्ञापन विधेयक पारित, क्लिनफिड तत्काल लागू हुने

छहारी संवाददाता
भदौ ५, २०७६

संसदको विकास तथा प्रविधि समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित गरेको छ ।

यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था थियो ।

तर, प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर आज विधेयक पारित गरेको हो । तर ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ ।

ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले हाल प्रशारण भइरहेका विदेशी च्यानललाई एक वर्षसम्म क्लिनफिड लागू नहुने भएको छ।

नेपालमा प्रशारण गर्न नयाँ सम्झौता गर्ने विदेशी च्यानलमा भने तत्कालै क्लिनफिड लागू हुनेछ । विज्ञापन विधेयकले सरकारी विज्ञापन एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था पनि गरेको छ । सिआइएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*