संविधान दिवसको साँझ बिजुली नपुगे लस्करै दियो बाल्नुस् झन रमाइलो हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गर्नुभएको छ ।
संविधान दिवस राष्ट्रिय दिवस भएकाले पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।
दिवस तयारीका लागि आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक गाडीमा, पोलमा झण्डा राख्न र प्रत्येक घरमा दीपावली मनाउन आग्रह गर्नुभयो ।
बिजुली नपुगेका ठाउँमा पनि पानस र दीयोमा बत्ती बालेर उहिलेदेखि दीपावली गरी आएका हौं । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले आफू उपचारका भोली सिंगापुर जान लागेको र संविधान दिवस अगाडि नै फर्किने जानकारी दिनुभयो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । यो दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सिआइएन







