क्यान मकवानपुरको अध्यक्षमा पुनः पुष्पराज पुडासैनी चयन

कम्प्युटर एशोसिएसन क्यान मकवानपुरको अध्यक्षमा पुनः पुष्पराज पुडासैनी चयन हुनु भएको छ ।
हेटौडामा आज भएको क्यान मकवानपुरको १३ औ बार्षिक साधारण सभा तथा अधिवेशनले पुडासैनीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा शिव कुमार श्रेष्ठ, द्दितिय उपाध्यक्षमा विश्व प्रसाद गौतम, सचिवमा दिनेश रिजाल, सहसचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा चिरन कुमार घिमिरे चयन हुनु भएको छ ।
यस्तै क्यान मकवानपुरको सदस्यहरुमा विकास अधिकारी, स्वागत अधिकारी, उमेश थिङ, श्रवण कुमार श्रेष्ठ र दिनेश पराजुली चयन हुनु भएको छ ।
२ वर्षे कार्यकालको लागि ११ सदस्यीय कार्यसमिती निर्विरोध निर्वाचित भएको उपाध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका उप मेयर मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, क्यानका केन्द्रीय सदस्य श्याम श्रेष्ठ, क्यान प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, क्यान मकवानपुर उपाध्यक्ष राम कुमार, अग्रवाल, मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राम प्रसाद न्यौपाने, क्यान काभ्रेकाका अध्यक्ष जयराम हुमागाईं, क्यान मकवानपुर पुर्व अध्यक्ष दिपेन्द्र रेग्मी, हेटौंडा जेसिज अध्यक्ष सन्देश डिसी, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिती सदस्य सरला अधिकारी लगायतका पत्रकारहरुको उपस्थित रहेको थियो।







