डेंगु नियन्त्रण गर्न हेटौंडा उपमहानगरपालिका सक्रिय

छहारी संवाददाता
भदौ ४, २०७६

डेंगु नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा अभियान नै सञ्चालन गरिएको छ ।

हेटौंडा ४ का विभिन्न स्थानमा आज पनि लामखुट्टे वस्ने वासस्थानमा लार्भा र प्युपा नष्ट गर्न पानी जमेका भाडा खन्याउने, टायर संकलन गर्ने काम सम्मपन्न भएको हो ।

मेयर महत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महासाखाका प्रमुख शतिस बिष्ट, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, नगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेबिका, जनपथ प्रहरी लगायतकाको सहभागितामा अभियान संचालन गरिएको हो ।

हेटौंडामा डेंगु का २ सय ५१ जना भन्दा बढी बिरामी देखा परिसकेको छन् ।  हेटौंडा ४ मा सवै भन्दा वढी डेंगुका बिरामी देखा परेका छन् ।

यसको नियन्त्रणका लागि टोल विकास संस्था, वडा कार्यालय, नगर प्रहरी, जनपथ प्रहरी, ससस्त्र प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायतकाको दिनहुँ सक्रिय सहभागिता रहेको मेयर महत बताउनुहुन्छ । डेंगु नियन्त्रण गर्न पानी भरिएका भाँडा, ड्रम, खन्याएर खाली राख्नुपर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*