मनसुन अझै केहीदिन कमजोर हुने अनुमान 

छहारी संवाददाता
भदौ ४, २०७६

अझै केहीदिन मनसुन कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा साविक स्थानमा रहेकाले कम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने र कुनै–कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । 

सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेको मनसुन सेप्टेम्बर २३ मा बाहिरिन्छ । मनसुन सकिन एक महिना बाँकी नै भएकाले पानी पर्ने संभावना अझै रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने र पूर्वी र पश्चिमी पहाडी भू–भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने उहाँको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*