बैशाख यता करिव २ हजार ८ सय सवारी साधन दर्ता

यातायात व्यवस्था सेवा कार्यालय हेटौंडामा बैशाख यता करिव २ हजार ८ सय सवारि साधनकाे दर्ता भएकाे छ ।
सबैभन्दा बढी २ हजार ३ सय ६३ वटा मोटरसाइकल दर्ता भएका छन् । यस कार्यालयमा ठुला सवारि साधन अन्तर्गतकाे ट्रिपर, ट्रक मालबाहक सवारि साधनहरू १ सय २३ वटा १सय ३३ वटा भ्यान जिपहरु, १ सय ५९ वटा टेम्पो रिक्सा । २ वटा ट्रयाक्टर दर्ता भएका कार्यालयले जनाएको छ ।
यस कार्यालयमा ९९ वटा सरकारी सवारी साधनहरु दर्ता भएका छन् । असार सम्ममा १ हजार ६५ वटा मोटरसाइकल दर्ता भएकोमा साउन महिनामा नै दोब्बर दर्ता हुन पुगेको कार्यालय प्रमुख पोषण थापाले जानकारी दिनभयो ।
दर्ता भएका सवारी मध्ये केही अन्य प्रदेशमा दर्ता भएको सहमति दर्ता भएको र अधिकाँश भने नयाँ सवारी नै दर्ता भएको उहाँको भनाइ छ ।







