अनुदान कार्यक्रममा मात्रै १ अर्व ७० कराेड बजेट

छहारी संवाददाता
भदौ ४, २०७६

सम्झना घिमिरे / ३ नं प्रदेशकाे भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयले अनुदानका कार्यक्रममा मात्रै यस बर्ष १ अर्व ७० कराेड ४१ लाख १० हजारकाे बजेट ल्याएकाे छ ।

मन्त्रालयले यस बर्ष कृषकका लागि मात्रै ८८ वटा अनुदानका कार्यक्रमका लागि बजेट ल्याएकाे हाे ।

भुमि व्यवस्था , कृषि तथा सहकारि मन्त्रालयकाे अनुदान अन्तर्गतकाे अायाेजनामा १५ कराेड ७५ लाखकाे बजेट छुट्याईएकाे छ ।

जस अन्तर्गत नमुना गाईपालन, उन्नत गाई खरिदमा व्यवस्थापन र उत्पादनमा अाधारित दुधमा अनुदान कार्यक्रम रहेका छन ।

मन्त्रालयले पशुपालन तथा दुधजन्य र मासुजन्य उत्पादनलाई प्राथमिकता दिदै अनुदानका कार्यक्रम गर्ने भएको हो ।

मन्त्रालयले यस बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ४ वटा अनुदानका कार्यक्रमलाई ६५ करोड ९७ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

उक्त परियाेजना अन्तर्गत अार्थिक बर्ष ०७५/०७६ मासंचालित पुराना पकेट कार्यक्रम र यस बर्षका नयाँ पकेट र व्लक संचालजका सशर्त अनुदानको कार्यक्रमहरू रहेका छन ।

त्यस्तै कृषि बिकास निर्देशनालय हेटाैडा अन्तर्गत १५ वटा अनुदानका कार्यक्रम गर्ने भएको छ ।

यस अन्तर्गत भने मकवानपुरका अधिकांश स्थानमा परियाेजनाहरू संचालन हुनेछन । जसकाे कुल बजेट ७२ कराेड ७० लाख रूपैयाकाे रहेकाे छ ।

कृषि ज्ञान केन्द्रहरु अन्तर्गत चितवन, रामेछाप, ललितपुर र सिन्धुलीमा गरि ६ वटा अनुदानका कार्यक्रमहरु तय गरेको छ । जसले लक्षित समुदायकाे जीवन उकास्न सहयाेग पुर्याउने देखिन्छ ।

पशुपन्छि तथा मत्स्य बिकास निर्देशनालय हेटाैडाले भेडाको ऊनको प्रशोधनमा अनुदान, पशु अाहार उधाेग स्थापना, सामुहिक गाइपालन लगायतका १३ वटा अनुदानका कार्यक्रमहरु गर्ने भएको छ ।

यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र भरतपुरबाट ३८ वटा अनुदानका कायृक्रम सञ्चालन हुने छन् ।

पशु सेवा बिज्ञ केन्द्रद्धारा भरतपुर, हेटौंडा, ललितपुरमा ६/६ वटा र दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीमा ५ /५ वटा कायृक्रम हुने मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिनुभयो ।

अनुदानका कार्यक्रमहरु ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म रहने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*