क्यान मकवानपुरको अधिवेशन जारी

कम्प्युटर एशोसिएसन क्यान मकवानपुरको १३ औ बार्षिक साधारण सभा तथा अधिवेशन हेटौडामा जारी छ ।
अधिवेशनले नया कार्यसमिती चयन गर्नेछ ।अधिेवेशनको हेटौंडा उपमहानगरपालिका उप मेयर मिना लामाले उदघाटन गर्नु भएको हो ।
क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, क्यानका केन्द्रीय सदस्य श्याम श्रेष्ठ, क्यान प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, क्यान मकवानपुर उपाध्यक्ष राम कुमार, अग्रवाल, मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राम प्रसाद न्यौपाने, क्यान काभ्रेकाका अध्यक्ष जयराम हुमागाईं, क्यान मकवानपुर पुर्व अध्यक्ष दिपेन्द्र रेग्मी, हेटौंडा जेसिज अध्यक्ष सन्देश डिसी, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिती सदस्य सरला अधिकार लगायतका पत्रकारहरुको उपस्थित रहेको थियो।







