हेटाैंडा उपमहानगरपालिकाकाे याेजनाबाट ८२ हजार भन्दा बढि जनसंख्या लाभान्वित

हेटाैडा उपमहानगरपालिकाकाे गतबर्षमा संचालित याेजनाबाट नगर भित्रका ८२ हजार भन्दा बढि नगरबासि लाभान्वित हुन पुगेका छन ।
उपमहानगरपालिकाले सञ्चालन गरेका ७ सय २२ योजना मध्ये ६ सय ४१ वटा योजनाहरु सम्पन्न गरेको छ जसवाट हेटाैडा नगर भित्रका ८२ हजार जनसंख्या लाभान्वित हुन पुगेका हुन ।
हेटौंडा उपमहानगर क्षेत्र भित्र आर्थिक बर्ष २०७५–०७६ मा सञ्चालित ७ सय २२ वटा योजनामध्ये सबैभन्दा बढि सडक तथा पुल निर्माणमा लगानि गरेकाे छ ।
जसअन्तर्गत मात्रै सडक तथा पुल निर्माणका २ सय २४ वटा योजनाहरु सम्पन्न भएका छन् । १९ करोड ९१ लाख ३६ हजार बजेटमा ५ किलोमिटर भन्दा बढी सडक निर्माण भएको नगरपालिकाको योजना शाखाले जनाएको छ
उपमहानगरपालिकाले नगरका १० स्थानमा २ सय ३५ वटा सडक तथा पुलका निर्माण योजनाहरु शुरु गरिएपनि ११ वटा योजना भने चालु रहेका छन् ।
यस्तै उपमहानगरपालिकाले मर्मत सुधार कोषमार्फत ८० वटा भौतिक पुर्वाधार निर्माण तथा मर्मत सम्भार गरेको छ । यसैगरि आकस्मिक खानेपानी पुर्वाधार कार्यृक्रममा १३ वटा योजना सम्पन्न गरेकाे छ ।
भवन तथा शहरी बिकासतर्फ ४५ वटा मध्ये ३१ वटा सम्पन्न गरिएको छ । यस्तै आर्थिक बर्ष २०७४ –०७५ बाट भुक्तानी सारिएको बजेटबाट नगरका २४ स्थानमा ५० वटा योजनाहरु सम्पन्न भएका छन् । नगरपालिकाकाे गत बर्षकाे कुल कार्यक्रमकाे ८८ प्रतिशत योजना सम्पन्न भएका छन् ।







