बार्षिक लक्ष्यकाे आधा काम एकै महिनामा सम्पन्नः राजस्व कार्यालय मकवानपुर

छहारी संवाददाता
भदौ ४, २०७६

सम्झना घिमिरे/ राजस्व कार्यालय मकवानपुरमा व्यक्तिगत स्थायि लेखा नम्वर दर्तामा निर्धारण गरेकाे बार्षिक लक्ष्यकाे आधा काम यस आर्थिक बर्षकाे पहिलाे महिनामा नै सकिसकेकाे छ ।

कार्यालयले यस बर्ष ८ हजार जनाको व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता गराउने लक्ष्य निर्धारण गरेको छ ।
गत आर्थिक बर्षकाे तुलनामा यस बर्षकाे साउन महिनामा नै व्यक्तिगत प्यानमा दर्ता गर्नेको संख्या ४ हजार पुगिसकेकाे छ ।

कुनै पनि व्यक्तिले न्युनतम एक हजारसम्मकाे आय आर्जन गर्छ भने उसकाे स्थायि लेखा नम्वरकाे आधारमा काराेबार हुनुपर्ने सरकारी नीति आएकाे हुँदा व्यक्तिगत प्यान लिनेकाे संख्या ह्वात्त बढेकाे राजस्व कार्यालयका प्रमुख सन्त बहादुर ढकालले बताउनुभयाे ।

आर्थिक क्रियाकलापमा सँग्लग्न सबैलाई करकाे दायरामा ल्याउनकाे लागि सरकारले अनिवार्य व्यक्तिगत प्यानकाे व्यवस्था गरेकाे छ ।

आन्तरिक राजश्व कार्यालय हेटौंडामा गत आर्थिक बर्षमा ४ हजार २ सय ७६ वटा व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएकोमा यस बर्षकाे साउन महिनामै ४ हजार भन्दा बढी प्यानमा दर्ता भइसकेको छ ।

कार्यालयले साउन अन्तिममा मकवानपुरको थाहा नगरपालिकामा राजश्व कार्यालयको शिविर मार्फत १ सय ७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता गराएका छन् ।

सरकारले बजेट मार्फत कर्मचारीको तलब समेत प्यान दर्ता गरेपछि मात्रै दिने निति लिएपछि सरकारी कर्मचारीहरुको भिड बढेको कार्यालय प्रमुख सन्त बहादुर ढकालले जानकारी दिनुभयो ।

यस्तै साउन महिनामा मुल्य अभिवृद्धि करमा ५ सय ३१ वटा, अन्तशुल्क तर्फ ९५ वटा, आयकर तर्फ ८ सय १२ करदाता थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*