रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पुनः पाँच दिन म्याद थप

छहारी संवाददाता
भदौ ३, २०७६

चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको अनुसन्धानका लागि संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई पुनः पाँच दिन म्याद थपको अनुमती दिएको छ ।

अनुसन्धानका लागि समय अपुग भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालतमा म्याद थपको माग गरेको थियो । उनिहरुलाई आज दोस्रो पटक अदालतमा उपस्थित गराइएको हो ।

उनीहरुलाई यसअघि पनि पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले अनुमती दिएको थियो । पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भनिमृत्युअघि रेकर्ड गरेको भिडियोका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका लामिछने, अर्का संचारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई बिहिबार काठमाण्डौबाट पक्राउ परेका हुन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*