रवि लामिछानेको रिहाइको माग गर्दै हेटौँडाका युवाहरुद्धारा आज पनि प्रदर्शन

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धमा छानबिनबका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै हेटौँडाका युवाहरुले आज पनि विरोध स्वरुप मोटरसाइकल र्याली सहित प्रदर्शन गरेका छन्।
मकवानपुरका विवेकशील युवाहरुले हेटौँडा बजारको परिक्रमा गरी हेटौंडा ४ बुद्ध चोकमा “आइ एम विथ रवि लामिछाने“ लेखिएको प्ले कार्ड तथा राष्ट्रिय झण्डा सहित प्रदर्शन गरेका हुन।
समर्थक युवाहरुले पत्रकार लामिछाने निर्दोष छन ,लामिछानेलाई विभिन्न बाहानामा फसाउने कार्य नहोस् भन्दै नारा लगाएका थिए ।
यसैगरी मकवानपुरका युवाहरुले प्रहरी रबि लामिछानेलाई प्रकाउ गरेको विरोधमा आईतबार हेटौंडा ४ बुद्ध चोकमै प्रर्दशन गरेको थिए भने शनिबार मोटरसाइकल र्याली तथा निकालेका थिए।
न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासगँ कार्यक्रमका प्रस्तोता लामिछाने, संचारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरी घटनाको छानविनका लागी भन्दै विहीबार पक्राउ गरेको थियो ।
लामिछाने सहित तिनै जनालाई आज चितवन जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको छ । लाई







