रवि लामिछानेसहित तीन जनालाई आज पुनः अदालतमा उपस्थित गराइँदै

छहारी संवाददाता
भदौ ३, २०७६

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याको अनुसन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई आज पुनः चितवन जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

अनुसन्धानका लागि हिरासतमा रहेका लामिछने, अर्का संचारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई म्याद थपका लागि अदालत लग्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

बिहिबार काठमाण्डौबाट पक्राउ परेका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको हो ।

प्रहरी उपरीक्षक मल्ल पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको जानकारी दिनुभयो । पोष्टमर्टम रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*