जिप्रका मकवानपुरद्धारा १ सय ३ किलो गाँजा बरामद

छहारी संवाददाता
भदौ ३, २०७६

जिल्ला प्रहरी कार्यालय मकवानपुरले करीब १ सय ३ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिप्रका मकवानपुरले राक्सिराङ गाउँपालिकाबाट ८१ किलो ७६० ग्राम र हेटौडा १५ रातोमाटे चेकपोष्टबाट २१ किलो ५०० ग्राम गाँजा बरामद गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  

प्रहरी निरिक्षक पवन कुमार झाको कमाण्डमा खटिएको टोलीले राक्सिराङ गाउँपालिका ३ सरिखेतमा पर्ने पलासे खोला नजिकै गाजाँ सहित मानिस आउदै छ भन्ने सूचनाका आधारमा सर्च गर्दा ८१ किलो ७६० ग्राम गाँजा बरामद गरेको एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

सप्तरी डाक्नेश्वरी गाउाँपालिका ९ बस्ने घुरन साहलाई उक्त परिमाणको गाँजा ४ वटा प्लास्टिकको बोरामा प्याक गरी लैजान सवारी साधन कुरीरहेको अवस्थामा हिजो पक्राउ गरिएको एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।  

यस्तै प्रहरीले हेटौडा १५ रातोमाटे चेकपोष्टबाट २१ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको टोलीले हेटौडाबाट बिरगंज जादै गरेको HR 51 L 5241 नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको हो ।

कार चालक भारत मोतिहारी नयाटोल बस्ने २५ वर्षका मुकेश सहनी, सोही स्थानका २५ वर्षका राज कुमार, भारत मोतिहारी चिन्तामनपुर हरी सिद्धी बस्ने ३५ वर्षका ओम प्रकाश चौधरी र पर्सा बिन्दवासीनी गाउँपालिका ५ बस्ने ५० वर्षका जितेन्द्र प्रसाद यादवलाई पक्राउ गरेको हो ।

उनिहरुले कारको पछाडी फल्स बटम बनाई प्लाष्टिकको पोकामा राखेर गाँजा ल्याएको प्रहरीले जनाएको छ । उनिहरु सबैलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजारदेखि १ लाख रुपैयासम्म जरिवाना हुने एसपी सिंहले बताउनुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*