सिंहदरबार भित्र कर्मचारि सुब्बा मृत अवस्थामा फेला

छहारी संवाददाता
भदौ ३, २०७६

सिंहदरबारभित्रै रहेकाे राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी कार्यालयमै मृत फेला परेका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले उक्त शवकाे बारेमा जानकारी दिए ।

प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसनधान सुरु गरेकाे वाेगटिले बताउनुभयाे । उनी लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमै रहेको र प्रारम्भिक अनुसन्धान जारी राखेको महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी कौशल बुढाथोकीले जानकारी दिनुभएकाे छ । केसी सोमबार कार्यालयको काम सकेर घर गए नगएको अहिलेसम्म केही खुलिसकेको छैन । 

उनले कार्यालयमै आत्महत्या गरेको हुन सक्ने कर्मचारी र प्रहरीको प्रारम्भिक आशंका रहेको छ ।

उनले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने बताइएको भए पनि सीसीटीभी फुटेज हेर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*