हेटौंडा १० टिसिएनमा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड पानी ट्याङकीको शिलान्यास

छहारी संवाददाता
भदौ ३, २०७६

हेटौंडा १० टिसिएनमा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड पानी ट्याङकी निर्माण हुने भएको छ ।

नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा निर्माण हुन लागेको पानी ट्याङकीको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नु भएको हो ।

लागतको ७० प्रतिशत नेपाल सरकारले र ३० प्रतिशत हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको लगानीमा ओभर हेड पानी ट्याङकी निर्माण आयोजना सुरु हुन लागेको नेपाल सरकार संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख नन्दलाल बन्जाडेले जानकारी दिनुभयो ।

उहाँले आयोजना अन्तरगत, हरिकुञ्ज, टिसिएन, पिप्ले र कमानेमा खाने पानीको ट्याङकी निर्माण हुने जानकारी दिँदै अन्य तीन स्थानमा ओभर ग्राउण्ड ट्याङकी बन्ने बताउनुभयो ।

आयोजना प्रमुख नन्दलाल बन्जाडेले निमार्ण व्यवसायीसंग १५ करोड ५५ लाख रुपैयामा यो आयोजना निर्माणको सम्झौता भएको जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०७६ असार २७ गते सम्झौता भएको यो आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न गरिने बताउनुभयो । हेटौडाका उपभोक्तालाई पानीको उपलब्धता सहज होस् भन्ने उद्येश्यले यो आयोजना सुरु गरिएको उहाँको भनाई छ ।

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १० वडा अध्यक्ष किताव सिङ लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतकको उपस्थिती रहेको थियो ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*