पार्टी प्रति असन्तुष्ट भएकाे भन्दै शाहले दिए राजिनामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ अध्यक्ष प्रभू साहले राजीनामा दिएका छन् ।
शाहले पार्टीको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन ।
प्रदेश अध्यक्षको जिम्मेवारी दिएपनि प्रदेश कमिटी सदस्य चयनदेखि महत्वपूर्ण निर्णय हुँदा नेतृत्वले सल्लाह नगरेको भन्दै शाह असन्तुष्ट थिए ।
उहाँले आफू स्थायी कमिटीमा नपरेको असन्तुष्टि समेत जनाउने गरेको तत्कालीन माओवादी नेताहरू बताउँछन् ।
प्रदेश कमिटीको अध्यक्षको हैसियतले काम गर्दा हस्तक्षेप भएको र काम गर्न नदिइएको भन्दै अध्यक्ष शाह असन्तुष्ट छन् ।







