डेंगु सार्ने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्न स्थानिय पनि सक्रिय

छहारी संवाददाता
भदौ ३, २०७६

हेटौंडा ७ मा आज डेंगु सार्ने लामखुट्टेको लार्भा र प्युपा ‘खोजी तथा नष्ट’ अभियान संचालन गरिएको छ ।

७ नम्बर वडामा पर्ने न्युरेनी, चिसापानी लगायत स्थानमा लार्भा र प्युपा ‘खोजी तथा नष्ट’ अभियान संचालन गरिएको हो । हेटौँडामा डेंगुका विरामी बढेपछि हेटौँडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाईको सहकार्यमा अभियान संचालन गरिएको हो ।

कार्यक्रममा  नगर स्वास्थ्य समन्वय इकाई प्रमुख सुपेन्द्र कार्की, संगालो टोल विकास संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराई, न्युरेनी सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, टोल विकास संस्थाका पदाधिकारीहरु, आमा समुह, क्लवका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*