सरकार प्रजातन्त्रको खिलापमा लागेको देउवाको आरोप

छहारी संवाददाता
भदौ ३, २०७६

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकार प्रजातन्त्रको खिलापमा लागेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको दुई दिने महाधिवेशन प्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध काँग्रेसले संघर्ष गरेको र ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिनुभयो ।

वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको सभापति देउवाले आरोप लगाउनुभयो ।

‘सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडी बढ्न खोजेको छ । मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ तर सरकारले आयोगको अधिकार समेत खोस्न लागि परेको छ, सभापति देउवाले भन्नुभयो ।

देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गरिने पनि बताउनुभयो । भाषण गरेर चुनाव जित्न नसकिने भएकाले काम गरेर देखाउन नेता कार्यकर्तालाई उहाँले आग्रह पनि गर्नुभयो ।

पार्टी एकता आवश्यकता रहेकामा जोड दिदै देउवाले चुनाव जित्न पार्टी एकता बिना सम्भव नभएको धारणा राख्नुभएको थियो । सिआइएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*