चितवनमा निषेधित क्षेत्र अवज्ञा गर्दै प्रदर्शन र नाराबाजी

छहारी संवाददाता
भदौ २, २०७६

जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै सर्वसाधारणले गरेको प्रदर्शन उग्र हुँदै गएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो यद्यपी प्रदर्शनकारीहरुले निषेधित क्षेत्र अवज्ञा गर्दै आज पनि प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालय लगायत रहेकोले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

निषेधित क्षेत्रमा प्रदर्शन तथा मानिसको हुलहुज्जत गर्न निषेध गरिएको हो ।

साउन २० गते आत्महत्या गरेका शालिकराम पुडासैनीको मोबाइलमा रहेको भिडियोका आधारमा प्रहरीले नियन्त्रणमा लिएका संचारकर्मी लामिछाने र कँडेललाई भोलि पनि अदालत उपस्थित गराउने तयारी छ । न्युज २४ बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*