राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३ समितिको अध्यक्षमा सिलवाल चयन

राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३ समितिको प्रथम भेलाले अध्यक्षमा नारायण बहादुर सिलवाललाई चयन गरेको छ ।
धादिङको धादिङबेसीमा सोमबार सम्पन्न भेलाले उपाध्यक्षमा सुदिप शिवाकोटी, सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा लोकेन्द्र लिम्बु चयन गरेको छ ।
सदस्यहरुमा कपिल खड्का राजेन्द्र आचार्य र राजेन्द्र गजुरेल चयन भएका छन् । समुहको सल्लाहकारमा अग्रज पत्रकारहरु हरिहर सिंह राठोर र गिरिजा अधिकारी चयन हुनु भएको छ ।
भेलाले प्रदेशका अन्य जिल्लाहरुमा पनि फोटो पत्रकार समुह गठन गर्ने र गठन भईसकेका जिल्लालाई झनै व्यवस्थित बनाउने निर्णय गरेको समुहका नवनिर्वाचित उपाध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।
समुहले केन्द्रीय समितिसंग समन्वय गरेर प्रदेशका सबै जिल्लामा सदस्यता विस्तार गर्ने गरी निर्णय गरेको शिवाकोटीले बताउनुभयो ।







