मोतियाविन्दुको कारण ७० प्रतिशत मानिसमा आँखाको ज्योती गुमेको तथ्याङ्क

छहारी संवाददाता
भदौ २, २०७६

नेपालमा वर्षेनी ७० प्रतिशत मानिसमा आँखाको ज्योती गुम्ने कारण मोतियाविन्दु रहेको पाइएको छ ।

नेत्र ज्योति संघ नेपालको तथ्याङ्क अनुसार नेपालमा हुने अन्धोपनको मुख्य कारण मोतियाबिन्दु देखिएको हो । नेपालमा प्रत्येक सय जनामा शुन्य दशमलव ८१ प्रतिशत मा मोतियाविन्दुकोे समस्या रहेको संघले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष विश्वभर मोतियाविन्दुका कारण झन्डै ८ करोड मानिस प्रभावित भएका थिए । जसमा ३३ प्रतिशत आँखा नदेख्ने थिए ।

दृष्टिविहीनताको प्रमुख कारणमा ५१ प्रतिशत मोतियाविन्दु रहेको र त्यसपछिको कारणमा जलबिन्दु ८ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

मोतियाविन्दु जुनसुकै उमेर समूहलाई लाग्न सक्ने रोग भएकाले समय समयमा उपचार गराउन चिकित्सकहरुको सुझाव छ ।

मोतियाबिन्दु हुने प्रमुख कारण मधुमेह, गर्भावस्ताको आमामा भए गर्भमा रहेको शिशुमा, उच्चरक्तचाप, वंशाणुगत कारण, स्टेरोएड भएको क्रिमको प्रयोग, न्यून दृष्टि लगायत रहेको डाक्टरहरुले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*