आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि मनाइँदै

छहारी संवाददाता
भदौ २, २०७६

आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८० औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तका अनुसार समूहले ‘सत्यतथ्य खोजीका लागि फोटो पत्रकारिता’ मूल नाराका साथ धादिङमा विशेष कार्यक्रम हुँदैछ ।

‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटोको प्रयोग व्यापक हुँदै आएको हो ।

पछिल्लो समय नेपालमा पनि फोटो पत्रकारिताको विकास हुँदै गएको पाइन्छ । संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै मनाउने गरिन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*