मनकामना केवलकारको भाडामा बृद्दि

छहारी संवाददाता
भदौ २, २०७६

नेपाल कै पहिलो केवलकार मनकामना केवलकारको भाडादरमा आज भदौ १ गते अर्थात आजदेखि वृद्वि भएको छ ।

यस अघिको मनकामना केवलकारको नर्मल भाडादरमा ३५ रुपैयाँ वृद्वि भएको छ ।

भाडादर वृद्वि भएसँगै यस अघि दुई तर्फी भाडा वापत  ६ सय ४० रुपैयाँ तिर्दै आएको मनकामना केबलकार चढ्ने नर्मल यात्रुले अबदेखि दुईतर्फी भाडा ६ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

आ.ब. २०७६÷०७७ बाट स्थानीय सरकार संचालन ऐन २०७४ को व्यवस्था अनुसार ईच्छाकामना गाउँपालिका, चितवन र शहिद लखन गाउँपालिका, गोरखाको निर्णयानुसार केबुलकारको टिकटमा स्थानीय कर समेत उल्लेख गरी उठाउनु पर्ने भएकोले केबुलकार भाडादरमा करिब ५ प्रतिशत सेवा शुल्क वापत भाडा बढेको मनकामना दर्शन प्रा.लि.ले जानकारी दिएको छ ।

उक्त दर सबैखाले टिकटमा लागु हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*