हेटौँडाबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न अझै केही समय लाग्ने

छहारी संवाददाता
भदौ २, २०७६

सम्झना घिमिरे/ हेटौँडाबाट नै सवारी चालक अनुमति पत्र प्राप्त गर्न अझै केही समय कुर्नु पर्ने भएको छ ।

हेटौडाबाट गत जेठ ८ गतेदेखि सवारी चालक अनुमतिपत्रको नविकरण प्रक्रिया सुरू गरेपनि ट्रायल सेन्टरको अभावमा केही समय कुर्नु परेको हो ।

ट्रायल सेन्टरको अभावमा यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले नयाँ सवारी चालक अनुमति पत्र प्रक्रिया सुरू गर्न नसकेको यातायात कार्यालय हेटौडाका कार्यालय प्रमुख पोषण थापाले बताउनुभयो ।

भाडाका ट्रायल सेन्टर पनि नरहेको र आफ्नै सरकारी ट्रायल सेन्टर बनाउन पनि वजेट स्वीकृत हुन बाँकी रहेको बताउँदै प्रमुख थापा भन्नुहुन्छ 'निजि ट्रायल सेन्टर बन्न भर्खर सुरू भएको छ त्यो पूरा हुने बित्तिकै अबको दुई महिना भित्र सवारि चालक अनुमतिपत्रको आवेदन खुला गर्न सकिन्छ ।'

मकवानपुर कार्यालयलबाट नै सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया अघि बढेमा हेटौंडा तथा आसपासका जिल्लाका सर्वसाधारणलाई काठमाडौं तथा बिरगंज धाएर सवारी चालक अनुमति पत्र लिनुपर्ने बाध्यताबाट छुटकारा मिल्ने थियो ।

तर कार्यालयको ट्रायल सेन्टर उपलब्ध नभएको र निजी स्तरबाट निर्मित सेन्टरको अभावमा अनुमति पत्रको प्रक्रिया शुरु गर्न नसकिएको कार्यालय प्रमुख पोषण थापाले जानकारी दिनुभयो ।

आफ्नै सरकारी ट्रायल सेन्टर निर्माण गर्न करिव २ करोड रूपैँया बजेट समेत माग गरेको र निर्माण गर्दा ढिला हुने सम्भावना बढेपछि निजी व्यक्तिहरुलाई नै ट्रायल सेन्टर निर्माणको लागि पहल गरिरहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*